ग्यालरी

३० औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा फलेवास नगर कार्यपालिकाको कार्यालयले वार्षिक रुपमा संचालन गर्दै आएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत नगरका ज्येष्ठ नागरिक गङ्गादेवी पङ्गाली र जयलाल जैसी लाई शंकरपोखरी स्थित उहाँकै निवासमा पुगी सम्मान पत्र , नगद र फलफुल प्रदान गर्नुहुदै जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरु |

मिति: 10/01/2020 - 21:39
, , ,

फलेवास नगरपालिकाको सातौँ नगरसभाबाट आर्थिक बर्ष २०७७।०७८ को निति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।  नगरसभाबाट नगरप्रमुख पदमपाणी शर्माले नगरको विकास र समृद्धिमा जोड दिनेगरी  नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । नगर उपप्रमुख मन्जु अधिकारीले ८३ करोड २२ लाख ८१ हजार ९ सय ५० रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

मिति: 06/25/2020 - 19:55
, , , , , ,

फलेवास नगरपालिकाको छैटौं नगर सभा वाट नगर प्रहरी विधेयक, २०७७ र श्रमिक  कल्य्याण कोष विधेयक, लेखा समिती गठन, आ व ७६/७७ काे  संशाेधित वजेेट र फलेवास नगर कार्यपालिकाको  सङ्गठन तथा दरवन्दी संंरचना सर्वसम्मतिले पारित भएकाा छन ।

मिति: 06/09/2020 - 20:48
, , , ,

मिति २०७६ मंशिर १९ गते स्वयं सेवक दिवसको अवसरमा फलेवास नगरपालिकाको कार्यालयमा उत्कृष्ट महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान गर्नुहुदै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङ |

उक्त कार्यक्रममा सम्मानित हुने महिला स्वयं सेविकाहरु:

मिति: 12/05/2019 - 20:46
, , , , , , , , , , , , , ,

"कला, संस्कृति, खेलकुदको संरक्षणमा सबैको साथ्, हफ्म्रो अभियान समृद्द फलेवास" भन्ने मूल नाराका साथ् युनाइटेड स्पोर्ट्स क्लव, देवीस्थानको आयोजना र फलेवास नगर कार्यपालिका कार्यालयको विशेस सहयोगमा मिति २०७६ मंशिर १९ देखि २९ गतेसम्म संचालन हुने बृहत फलेवास व्यापारिक कृषि तथा संस्कृतिक मेला-२०७६ मा गण्डकी प्रदेस, आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङ |

मिति: 12/05/2019 - 20:35
, , , , , , ,

फलेवास नगरपालिका स्थित मल्यांग्दी खोला, मुडिकुवा, देवीस्थान, ढिक मोटरबाटो सेन्टर चक्रपथ कालोपत्रे निर्माण  मिति २०७६ कार्तिक १० गते भव्यताका साथ गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ द्वारा शिलान्यास भएको छ |

मिति: 10/27/2019 - 18:53
, , , , , , , ,

उमेरजन्य विभेद अन्त्यको यात्रा भन्ने मुलनाराका साथ २९औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश फलेवासमा सम्पन्न भएको छ । फलेवास नगर कार्यपालिकाको आयोजनामा १४ आश्विन २०७६ (अक्टोवर १, २०१९) मा फलेवास नगरपालिकाका नगरका जेष्ठ नागरिक पुरुष तर्फ वडा नं. ६ का श्री रत्न वहादुर थापा र महिला तर्फ वडा नं. ८ का श्री टिका कुमारी कुंवरलाई नगर प्रमुख पदमपाणी शर्माले सु स्वास्थ्य र दीर्घायुको कामना गर्दै दोसल्ला, नगद रु.१० हजार र फलफुल वितरण गरी सम्मान गर्नु भयो ।

मिति: 10/01/2019 - 23:05
, , , , ,

फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न भइ आगामी आर्थिक वर्ष ०७६/०७७ को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ सर्वसम्मत मत द्धारा पारित भएको छ ।
मुख्य निति तथा कार्यक्रमहरु यसप्रकार रहेका छन ः
१) मुख्य तथा शाखा सडकहरुको स्तरोन्नती गरिने ।
२) युवासँग नगर प्रमुख कार्यक्रम संचालन गरिने ।
३) भुमिहिन परिवारलाई निःशुल्क जग्गा उपलव्ध गराउने ।
४) परम्परागत पेसा व्यवसायहरुलाई आधुनिकरण गरी व्यावसायिक बनाईने ।
५)पर्यटन विकासका पूर्वाधार तथा कार्यक्रम अगाडी बढाइने ।
६) व्यावसायिक कृषि तथा पशुपालन लाइ प्रोत्साहन गरिने ।

मिति: 06/26/2019 - 08:17
, , , , , ,

Pages