FAQs Complain Problems

समाचार

ग्यालरी

फलेवास नगरपालिकाको आयोजनामा श्री भवानी विद्यापिठ विद्यालयमा ३९औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नगरपालिका स्तरीय खुला तीज गीत प्रतियोगिता, अन्तर मावि तीज गीत प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता कार्यक्रम भव्यताका साथ सु सम्पन्न गरिएको छ ।

साथै उत्कृस्ट वि.व्य.स. का अध्यक्ष, प्रधानाध्यापक, शिक्षकहरु, शिक्षासेवी, एस.इ.इ. परिक्षामा नगरपालिकाका सर्वोत्क्रिस्ट प्राप्ताङक ल्याउने विद्यार्थीहरु लगायतलाइ सम्मान तथा पुरस्कार वितरण गरियो ।

मिति: 09/09/2018 - 06:55
, , , , , , , , , , ,

०७५/०५/२१ गते नगर प्रमुख श्री पदमपाणी शर्माको अध्यक्षतामा कार्यपालिकाका सदस्य, शाखा प्रमुख र पत्रकारहरुको उपस्थितीमा शाखाहरुवाट आ.व. ०७४।७५ का वार्षिक कार्यक्रमहरुको प्रगति प्रस्तुतीकरण गर्नुका साथै अनुगमन टोलिका प्रतिवेदनहरु र सार्वजनिक सुनुवाईको समिक्षत्मक प्रस्तुती सम्पन्न भयो ।

मिति: 09/07/2018 - 21:21
, , , , , , , , ,

आ.व. ०७४/७५ मा नगरमा संचालित योजना तथा कार्यक्रमहरुको अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर प्रमुख श्री पदमपाणी शर्मा वडा नं. ११, पाङराङ का बासिन्दासंग अन्तरक्रिया गर्दै । साथमा नगर उप-प्रमुख, प्रवक्ता, वडा अध्यक्ष, फ न.पा.का कर्मचारीहरु लगायत पाङराङ स्थित विभिन्न समितिका पदाधिकारीहरु ।

मिति: 08/18/2018 - 16:32
, , , , , , , ,

फलेवास नगरपालिकाद्वारा संचालित योजना तथा कार्यक्रमहरुको अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा आज नगर प्रमुख श्री पदमपाणी शर्मा र नगर उप-प्रमुख श्री मन्जु अधिकारी वडा नं. १० कुर्घा वडा कार्यालयमा वडाका सम्बद्ध राजनैतिक दलका प्रमुख, वि.व्य.स अध्यक्ष, प्रधानाध्यापकहरु, टोल विकास संस्थाका अध्यक्षहरु, महिला समूहका अध्यक्षहरु र जनतासंग अन्तरक्रिया गर्नुहुँदै ।

मिति: 08/16/2018 - 17:30
, , , , ,

फलेवास नगरपालिकाद्वारा वडा नं. ७ लिमिठाना र वडा नं. ८ ठानामौलामा मिति २०७५ साउन ३० गते गत आ.व. मा संचालित योजना तथा कार्यक्रमहरुको अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर प्रमुख श्री पदमपाणी शर्मा उठाइएका जिज्ञासा उपर स्पस्ट पार्दै ।

मिति: 08/16/2018 - 16:59
, , , , , , , , ,

फलेवास नगर कार्यपालिकाको आयोजना र काठमाडौँ विश्वविद्यालयको साझेदारीमा शैक्षिक गुणस्तर अभिवृद्धि सम्वन्धी कार्यशाला नगर प्रमुख श्री पदमपाणी शर्माको अध्यक्षतामा सु-सम्पन्न भएको छ ।

नगर प्रमुखले यसै शैक्षिक सत्रमा कक्षा १ बाट अंग्रेजी माध्यममा पढाई सुरु भएको तथा सबै अभिभावकले आफ्ना नानीबाबुहरुलाई सामुदायिक विद्यालयमा पठाउन आग्रह गर्नुभयो । उक्त कार्यशालामा नगर उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, के. यु. का प्राध्यापकहरु, कार्यपालिका सदस्यहरु तथा नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका प्रधानध्यापकले आफ्ना भनाइ हरु राख्नु भयो ।

मिति: 08/13/2018 - 11:05
, , , ,

मिति २०७५/०४/२२ गते एकादशीका दिन फलेवास न.पा. र वडा नं. ६ को पहलमा माझगाउँ स्थित चउरमा १२५ वटा वर, पिपल र स्वामी का विरुवा रोपण कार्यक्रम जन-प्रतिनिधि, स्थानीय वासिन्दा, नगरपालिकाका कर्मचारी तथा सुरक्षा निकाय का प्रतिनिधिहरुको उपस्थिति मा नगर प्रमुख श्री पदमपाणी शर्मा द्वारा पहिलो विरुवा रोपण गर्दै शुभारम्भ ।

मिति: 08/07/2018 - 16:05
, , , , , , , , ,

असार १५ अर्थात धान दिवसको अवसरमा मुख्य खाद्य बालि धान को उत्पादन बृद्दि गर्ने, कृषकहरु लाई व्यवसायिक बनाउदै लैजाने, आयातित खाद्यबस्तु लाई न्यूनीकरण गर्ने र अन्य खाद्य बस्तु को उपभोगमा पनी वृद्दि गर्ने लक्ष्य सहित फ.न. पा. को चिर्दिखोला मा आयोजना गरिएको १५ औ धान दिवस तथा असारे रोपाई महोत्सव नगर प्रमुख श्री पदमपाणी शर्मा को अध्य्क्षतामा भब्य रुपमा सम्पन्न भएको छ ।

मिति: 06/30/2018 - 21:28
, , , , , , , , , , , , , , , , , , , , ,

फलेवास नगरपालिकाको आ.व. २०७४/०७५ को वार्षिक कार्यक्रम अन्तर्गत तथा राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा यस न.पा. का वडा नं ४ मुडिकुवा, वडा नं. ५ खानिगाउँ, वडा नं. ६ देवीस्थानमा एक घर पाँच आँप रोपण सहितको वृहत कार्यक्रम फ.न.पा. ६ देवीस्थानको देवीस्थान प्रा.वि. बाट नगर प्रमुख श्री पदमपाणी शर्मा बाट समुदघाटन हुदै ।

मिति: 06/28/2018 - 12:43
, , , , ,

Pages

//