फलेवास नगरपालिका गण्डकी प्रदेश स्थित पर्वत जिल्लाको मध्यभागमा रहेको छ । यो नगरपालिका भौगोलिक विविधताले भरिएको एक रमणीय क्षेत्रको रुपमा चिनिन्छ । यस नगरपालिकाको सिमानामा पूर्वमा स्याङ्गजा जिल्ला र महाशिला गाउँपालिकाको केही भाग, दक्षिणमा स्याङ्गजा जिल्ला, महाशिला गाउँपालिका र विहादी गाउँपालिकाको केही भाग, पश्चिममा वाग्लुङ्ग जिल्ला र उत्तरमा कुश्मा नगरपालिका पर्दछन । यस नगरपालिकाको कुल क्षेत्रफल ८५.७ वर्ग कि. मी.
फलेवास नगरपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको मिति २०८३ बैशाख २८ गते नगर प्रमुख श्री गंगाधर तिवारीज्यूबाट समुद्घाटन (तस्विरहरु)
फलेवास नगरपालिकाको १७ औं नगर सभा (२०८२/०३/०९) का तस्विरहरु
मिति २०८१ साल कार्तिक २३ गते यस फलेवास नगर कार्यपालिकाको कार्यालयमा नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदूत श्री छेन सोङज्यूलाई स्वागत तथा सम्मान गरियो ।
फलेवास नगरपालिकामा विगत एक वर्षदेखि कार्यरत रहँदै आउनुभएका प्रमुख प्रशासकीय अधिकृत श्री ऋषिराम आचार्यज्यूको सेवानिवृत्त जीवन सुखमय, उर्जावान र रचनात्मक तवरले वितोस भन्ने सुभेच्छा प्रकट गर्दै विदाई कार्यक्रम समापन गरियो |