फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न भइ आगामी आर्थिक वर्ष ०७६/०७७ को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ सर्वसम्मत मत द्धारा पारित भएको छ ।
मुख्य निति तथा कार्यक्रमहरु यसप्रकार रहेका छन ः
१) मुख्य तथा शाखा सडकहरुको स्तरोन्नती गरिने ।
२) युवासँग नगर प्रमुख कार्यक्रम संचालन गरिने ।
३) भुमिहिन परिवारलाई निःशुल्क जग्गा उपलव्ध गराउने ।
४) परम्परागत पेसा व्यवसायहरुलाई आधुनिकरण गरी व्यावसायिक बनाईने ।
५)पर्यटन विकासका पूर्वाधार तथा कार्यक्रम अगाडी बढाइने ।
६) व्यावसायिक कृषि तथा पशुपालन लाइ प्रोत्साहन गरिने ।
फलेवास नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विज्ञान विषयका शिक्षकहरु, नगर कार्यपालिकामा कार्यरत कर्मचारीहरु, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकको लागी हरियो वन कार्यक्रमको सहयोगमा LARC नेपालद्वारा फलेवास नगरपालिकाको सभा हलमा संचालित चट्याङ तथा विपद जोखिम न्यूनीकरण सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा अमृत साईन्स क्याम्पसका प्राध्यापक डा. श्रीराम शर्मा ज्ञवाली ले प्रशिक्षण दिनुभएको छ ।