समाचार
फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न भइ आगामी आर्थिक वर्ष ०७६/०७७ को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ सर्वसम्मत मत द्धारा पारित ।
फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न भइ आगामी आर्थिक वर्ष ०७६/०७७ को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ सर्वसम्मत मत द्धारा पारित भएको छ ।
मुख्य निति तथा कार्यक्रमहरु यसप्रकार रहेका छन ः
१) मुख्य तथा शाखा सडकहरुको स्तरोन्नती गरिने ।
२) युवासँग नगर प्रमुख कार्यक्रम संचालन गरिने ।
३) भुमिहिन परिवारलाई निःशुल्क जग्गा उपलव्ध गराउने ।
४) परम्परागत पेसा व्यवसायहरुलाई आधुनिकरण गरी व्यावसायिक बनाईने ।
५)पर्यटन विकासका पूर्वाधार तथा कार्यक्रम अगाडी बढाइने ।
६) व्यावसायिक कृषि तथा पशुपालन लाइ प्रोत्साहन गरिने ।
७) क्लिन फलेवास ग्रीन फलेवास कार्यक्रमलाई निरन्तरता ।