FAQs Complain Problems

समाचार

फलेवास नगरपालिकाको संक्षिप्त परिचय

फलेवास नगरपालिका गण्डकी प्रदेश स्थित पर्वत जिल्लाको मध्यभागमा रहेको छ । यो नगरपालिका भौगोलिक विविधताले भरिएको एक रमणीय क्षेत्रको रुपमा चिनिन्छ । यस नगरपालिकाको सिमानामा पूर्वमा स्याङ्गजा जिल्ला र महाशिला गाउँपालिकाको केही भाग, दक्षिणमा स्याङ्गजा जिल्ला, महाशिला गाउँपालिका र विहादी गाउँपालिकाको केही भाग, पश्चिममा वाग्लुङ्ग जिल्ला र उत्तरमा कुश्मा नगरपालिका पर्दछन । यस नगरपालिकाको कुल क्षेत्रफल ८५.७ वर्ग कि. मी. रहेको छ । उचाईका हिसावले समुद्री सतहबाट ६२० मिटर उचाईमा रहेको वडा नं ११ मा पर्ने पाङ्गराङ्गको कालिगण्डकी किनारको वगर देखि २२६६ मिटर उचाईका पाङ्गराङ्ग र कुर्घाको शीरमा रहेको चिसापानिको लेक र २२५९ मिटर उचाईमा रहेको डहरेको लेक समेतको अग्ला होचा समथर भू–भाग यस नगरपालिकामा पर्दछन ।