FAQs Complain Problems

समाचार

फलेवास नगरपालिकाको प्रवक्तामा टिकाराम गौडेल

फलेवास नगर कार्यापालिकाको बैठक सम्पन्न भएको छ । बैठकले फलेवास नगरपालिका उपमेयर मन्जुअधिकारीको संयोजत्वमा नगर स्तरिय योजना अनुगमन तथा मुल्यांकन समिति गठन गरेको छ ।

त्यस्तै नगरले नगरका सवै वडाका वडाध्याक्षहरुको संयोजत्वमा स्तरिय योजना अनुगमन तथा मुल्यांकन समिति गठन गरेकोजनाएको छ । साथै नगरले जेठ २४ गते नगरसभा गर्ने बताएको छ । नगरले फलेवास नगरपालिका उद्योगग्राम स्थापनाको लागि ३सदस्य समिति गठन गरेको छ ।

 

त्यस्तै फलेवास नगरपालिकाको प्रवक्तामा मुडिकुवाका वडा टिकाराम गौडेललाई चयन गरेको छ । बैठकलाई सम्वोधन गदै नगरप्रमुख पदमपाणि शर्माले नगरको विकासमा लाग्न सबै जनप्रतिनिधीहरलाई युद्धस्तरमा जुट्न आग्रह गर्नुभयो ।  

आर्थिक वर्ष: