FAQs Complain Problems

समाचार

ग्यालरी

फलेवास नगरपालिकाको एघारौं नगर सभा नगर प्रमुख श्री गंगाधर तिवारीको अध्यक्षतामा मिति २०७९ असार २६ गते सम्पन्न भएको छ |

एघारौं नगर सभाबाट सर्वसम्मत रुपमा पारित भएका विषयवस्तु:

१) आ.व. ०७९/८० को नीति तथा कार्यक्रम

२) आ.व. ०७९/८० को प्रस्तावित वजेट तथा कार्यक्रम

३) न्यायिक समिति गठन सम्वन्धि प्रस्ताव

४) लेखा समिति गठन सम्वन्धि प्रस्ताव

५) विधायन समिति गठन सम्वन्धि प्रस्ताव

६) आर्थिक विधेयक, २०७९

७) विनियोजन विधेयक, २०७९

८) साझेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन विधेयक, २०७९

मिति: 07/11/2022 - 15:03
, , , , , , ,

आज मिति २०७८/०३/०९ गतेका दिन फलेवास नगरपालिकाको आठौँ र नवौँ नगरसभा नगर प्रमुख पदमपाणी शर्माको अध्यक्षतामा सुसम्पन्न भएको छ ।

आठौँ नगर सभावाट फलेवास नगरपालिकाको आ.व. ०७७/७८ को संशोधित वजेट विधेयक, वातावरण तथा प्राकृतिक श्रोत संरक्षण विधेयक २०७८ , स्थानीय वन विधेयक २०७८, नगरपालिकाको कर विधेयक २०७८, नगरपालिकाद्वारा निर्मित गुरुयोजना स्वीकृत सम्वन्धि प्रस्ताव सर्वसम्मतिले पारित भएका छन |

नवौँ नगरसभावाट फलेवास नगरपालिकाको आ.व. ०७८/७९ को नीति तथा कार्यक्रम, प्रस्तावित वजेट तथा कार्यक्रम, आर्थिक विधेयक २०७८ र विनियोजन विधेयक २०७८  सर्वसम्मतिले पारित भएका छन |

मिति: 06/23/2021 - 22:36
, , , , , ,

१११ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा फलेवास नगरपालिकाले महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार शिर्षकमा आयोजना गरेको नगरस्तरिय वक्तृत्वकला प्रतियोगिताका केही झलकहरु। उक्त प्रतियोगितामा इन्दिरा तिवारी प्रथम, रिता चपाइ दोस्रो, शान्ति शर्मा तृतीय, बिनु कुवर तथा लक्ष्मी तिवारीले सान्तवना स्थान प्राप्त गर्नुभएको थियो । प्रथम लाई नगद रु ५०००, दोस्रोलाइ रु ३०००, तेस्रोलाई २००० तथा सान्तवनालाइ रु १५०० नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

मिति: 03/08/2021 - 21:02
, , ,

फलेवास नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटा सरलाई स्वागत तथा सरुवा भइ जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल सरलाई उल्लेखनीय कार्यसम्पादनको सम्मान पत्रले सम्मान गरि विदाई कार्यक्रम |

मिति: 03/08/2021 - 20:55
, , , , , , ,

३० औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा फलेवास नगर कार्यपालिकाको कार्यालयले वार्षिक रुपमा संचालन गर्दै आएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत नगरका ज्येष्ठ नागरिक गङ्गादेवी पङ्गाली र जयलाल जैसी लाई शंकरपोखरी स्थित उहाँकै निवासमा पुगी सम्मान पत्र , नगद र फलफुल प्रदान गर्नुहुदै जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरु |

मिति: 10/01/2020 - 21:39
, , ,

फलेवास नगरपालिकाको सातौँ नगरसभाबाट आर्थिक बर्ष २०७७।०७८ को निति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।  नगरसभाबाट नगरप्रमुख पदमपाणी शर्माले नगरको विकास र समृद्धिमा जोड दिनेगरी  नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । नगर उपप्रमुख मन्जु अधिकारीले ८३ करोड २२ लाख ८१ हजार ९ सय ५० रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

मिति: 06/25/2020 - 19:55
, , , , , ,

Pages