FAQs Complain Problems

समाचार

एशियाली विकास वैंक सहित सरोकारवाला निकायहरुसंगको वैठक

मिति २०७५/०७/१३ गते फलेवास नगरपालिकाको कार्यालयमा एशियाली विकास वैंक (ADB), नेपाल सरकार कृषि विभाग, डिभिजन सिंचाई कार्यालय पर्बत, फलेवास नगरपालिकाको कार्यालय, वृहद सिंचाई आयोजना उपभोक्ता समितिको विचमा छलफल गरि निम्न निर्णयहरु गरियो -

  1. नेपाल सरकार कृषि विभागले आगामी आ.व. मा संचालन गर्ने कार्यक्रमको तर्जुमा गर्दा नगरको प्राथमिकता र नगरले प्रस्ताव गरेको वजेटका आधारमा वजेट विनियोजन गर्ने निर्णय गरियो ।
  2. वृहद फलेवास सिंचाई आयोजना निर्माणको कार्यलाई थप व्यवस्थित गर्न हालसम्मको प्रगति, भावी कार्ययोजना निर्माणको सीमाभित्र काम संपन्न गर्न पहल गर्ने गरि नगरकार्यपालिका डिभिजन सिंचाई कार्यालय कुश्मा पर्वत, निर्माण व्यवसायी र उपभोक्ता समितिको संयुक्त वैठक यही मिति २०७५ कार्तिक १६ गते ३:०० बजे नगरकार्यपालिकाको सभाहलमा संचालन गर्ने निर्णय गरियो ।
  3. वृहद फलेवास सिंचाई आयोजनाको कार्यालय (फ.न.पा.-५, खानीगाउँ) स्थित कार्यालय भवनलाई मर्मत सम्भार गरि नगरकार्यपालिकाले प्रयोग गर्ने निर्णय गरियो साथै फलेवास सिंचाई उपभोक्ता समितिलाइ आवस्यक पर्ने कार्यालय भवन नगरकार्यपालिकाको कार्यालयले व्यवस्था गर्ने निर्णय गरियो ।
  4. समुदाय व्यवस्थित कृषि आयोजनाको फलेवास नगरपालिकाभित्र संचालित कार्यक्रमहरुको हरेक ६/६ महिनामा समन्वय वैठक आयोजना गर्ने निर्णय गरियो साथै यस नगरपालिका क्षेत्रभित्र संचालन गरिएका कार्यक्रमहरु समयमै सम्पन्न गर्ने निर्णय गरियो ।

आर्थिक वर्ष: