FAQs Complain Problems

समाचार

फलेवास नगरपालिकाले १२ विद्यालयका कक्षा समायोजन गर्ने

फलेवास नगरपालिकाले चालु वर्ष भित्रै गर भित्रका १२ सामुदायिक विद्यालय समायोजनको तयारी गरेको छ । विद्यार्थी संख्या न्यून र दुई विद्यालय बीचको दूरी कम भएकाहरू गाभ्ने तयारी गरिएकोहो। नगरप्रमुख पदमपाणि शर्माका अनुसार नगरपालिका भित्र आगामी चार वर्ष भित्रमा निजी विद्यालय स्वतः सामुदायिकमा विलय हुनेछन् ।

नगर क्षेत्रका सबै ११ वटै वडाका सामुदायिक विद्यालयमा थोरै विद्यार्थी संख्या भएका कक्षा समायोजन गर्ने तयारी गरिएको उनले बताए । त्यसका लागि शिक्षा संयोजक कृष्णप्रसाद श्रेष्ठ सहितका केही कर्मचारीलाई विद्यालय अनुगमनमा खटाइएको छ । टोलीलेचालु महिना भित्रै नगरपालिकालाई प्रतिवेदन पेस गर्नेछ । प्रतिवेदन अनुसार आवश्यक परेका स्थानमा कक्षा थप गर्ने र अनावश्यक कक्षा मर्ज गरिनेछ । फलेवासमा १४ माध्यमिक, ४३ आधारभूत र ४ बालकक्षा छन् । नगरपालिकाले विद्यालयका प्रत्येक कक्षामा कम्तीमा ८ विद्यार्थी हुनुपर्ने मापदण्ड बनाएकोछ ।

आर्थिक वर्ष: