FAQs Complain Problems

समाचार

नगर प्रमुखको अध्यक्षतामा नगर स्तरीय सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका पदाधिकारीहरुको बैठक

मिति २०७५/०४/२२ मा नगर प्रमुख श्री पदमपाणी शर्मा को अध्यक्षतामा नगर स्तरीय सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका पदाधिकारीहरुको बैठक बसी निम्न निर्णयहरु भएका छन ।

१.   दर्शन सिंह घले को अध्यक्षतामा नगर स्तरीय सामुदायिक विद्युतीकरण उपभोक्ता समिति गठन

२.   नगर भित्रका विभिन्न ७ वटा सामुदायिक विद्युतीकरण समितिहरुले आफ्नो आय, व्यय, पोलको अवस्था र समग्र विद्युतको अवस्था वारेमा अन्तरक्रिया गरियो ।

३.   न.पा. को भण्डारण शाखामा रहेका १९२ थान फलामे पोलहरु तपशिल बमोजिमका समिति हरुलाई वितरण गर्ने र आगामी भाद्र महिना भित्र पूर्ण रुपमा गाडिने काम सम्पन्न गर्ने ।

  1. क)  पाङराङ ग्रामिण सामुदायिक विद्युतीकरण – ६०
  2. ख)   कार्कीनेटा ग्रामिण सामुदायिक विद्युतीकरण – २०
  3. ग)   ठानामौला ग्रामिण सामुदायिक विद्युतीकरण – ३८
  4. घ)   थापाठाना ग्रामिण सामुदायिक विद्युतीकरण – ५
  5. ङ)   शंकरपोखरी ग्रामिण सामुदायिक विद्युतीकरण – ८
  6. च)  वेतेहनी ग्रामिण सामुदायिक विद्युतीकरण – १२
  7. छ)  कुर्घा ग्रामिण सामुदायिक विद्युतीकरण – २९
  8. ज)  भैपरी नगरमा भण्डारण गर्ने – २०

४.   पोलको ढुवानी खर्च नगर कार्यपालिकाको कार्यालयले उपलव्ध गराउने ।

आर्थिक वर्ष: