FAQs Complain Problems

समाचार

देशभरकै उत्कृष्ट नगरपालिकाको कदर पत्र ग्रहण गर्नुहुदै नगर प्रमुख श्री पदमपाणी शर्मा ।

नेपाल नगरपालिका संघले आर्थिक बर्ष २०७५/०७६ मा राजश्व लगानी तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा सम्पादित कामको आधारमा फलेबासलाई उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत गरेको छ ।
नेपाल नगरपालिका संघको २८ औ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा पुरस्कार बितरण गरेको हो । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यञ्जुले फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मालाई उत्कृष्ट नगरपालिकाको प्रमाणपत्र प्रदान गर्नुभयो । कोभिड १९ का कारण कुनै औपचारिक कार्यक्रम नगरि नेपाल नगरपालिका संघले प्रमाणपत्र बितरण गरेको छ ।संघबाट पूर्व निर्धारित सूचकहरुका आधारमा विशेषज्ञहरुको टोलीबाट मूल्यांकन गर्दा फलेबास सहित तीन वटा नगरपालिका देशभरका नगरपालिकाहरु बिभिन्न शीर्षकमा मध्ये उत्कृष्ठ नगरपालिकाको रुपमा पुरस्कृत भएका छन । नेपाल नगरपालिका संघले फलेबास संगै निलकण्ठ नगरपालिका धादिङ र बाणगंगा नगरपालिका कपिलबस्तुलाई पनि बिभिन्न शीर्षकमा पुरस्कृत गरेको छ । यसले थप उपलब्धी हासिल गर्न र उत्कृष्ट नगरको रुपमा अझै बिकास गर्न उत्साह थपेको छ । यो उपलब्धी हासिल गर्न सहयोग पुर्‍याउनुहुने सम्पूर्ण फलेवास नगरबासी, सभा सदस्यहरु, नगर कार्यपालिकाका सदस्यहरु र कार्यालयका कर्मचारीहरुमा फलेवास नगर कार्यपालिकाको कार्यालय आभार व्यक्त गर्दछ ।

आर्थिक वर्ष: